वलपरासी । सरावल गाउँपालिकाको ६ करोड ८५ लाख लागतको निर्माण थालिएको भवनको काम अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमका अनुसार संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत सहभागितामा ६ करोड ८५ लाख ३६ हजार ९८४ मा थालिएको काम ७० प्रतिशत पूरा भएको छ ।
सरकाले भवन निर्माणका लागि गाउँपालिकालाई १९ कठ्ठा जग्गाको भोगाधिकार प्रदान गरेको छ । भवनको शिलान्यास गत वर्ष मंसिरमा भएको थियो । रासस