• Menu

बूढीगण्डकीको ताण्डव : दुई पक्की र चार झोलुंगे पुल बगे, ३५ घर बगायो

नेपाल प्रफिट

२०८३ असोज २५, आइतबार १०:५९

बूढीगण्डकीको ताण्डव : दुई पक्की र चार झोलुंगे पुल बगे, ३५ घर बगायो

गोरखा । बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुई वटा मोटरेबल र ४ वटा झोलुंगे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ ।

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुंगे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुंगे पुल पनि बगेका छन् ।

बाढीले चुमनुब्रीगाउँपालिका-३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ । बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ ।