• Menu

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु, पुरानो मोटरसाइकल साटेर नयाँ खरिद गर्न पाइने

नेपाल प्रफिट

२०८३ असोज २२, बिहीबार १३:५०

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु, पुरानो मोटरसाइकल साटेर नयाँ खरिद गर्न पाइने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दशैं-तिहारलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ।

भृकुटीमण्डपमा असोज २२ देखि २९ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकले २२ भन्दा बढी मूल्य निर्धारणकर्तामार्फत आफ्नो पुरानो मोटरसाइकलको मूल्यांकन गराउन सक्नेछन्।

कार्निभलमा पुरानो मोटरसाइकलको मूल्यांकनसँगै नगद छुट, निःशुल्क एसेसरिज तथा तत्काल वित्तीय सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार नयाँ बजाज मोटरसाइकल छनोट गर्न सक्नेछन्।

मोटरसाइकल खरिद तथा एक्सचेन्जलाई मात्र केन्द्रमा नराखी कार्निभलमा ‘शो योर पावर’ लगायत विभिन्न सहभागितामूलक तथा मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गरिने भएको छ। यसले बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीलाई दशैं-तिहारको अवसरमा मनोरञ्जनसँगै आफ्नो रुचि र उत्साह प्रदर्शन गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार ‘गेम अफ पावर’ अभियानले मोटरसाइकल, उत्साह र सहभागितालाई एउटै मञ्चमा जोड्ने उद्देश्य राखेको छ। एक्सचेन्ज कार्निभल सोही अभियानअन्तर्गत ग्राहकलाई पुरानो मोटरसाइकलबाट नयाँ बजाज मोटरसाइकलमा सहज रूपमा अपग्रेड हुने अवसर प्रदान गर्न आयोजना गरिएको हो।

कार्निभलमा सहभागी हुन चाहने ग्राहकले असोज २२ देखि २९ गतेसम्म भृकुटीमण्डप पुगेर मोटरसाइकल एक्सचेन्ज तथा उपलब्ध सुविधाबारे जानकारी लिन सक्नेछन्।