• Menu

एनसेलका ग्राहकलाई ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुटको व्यवस्था

नेपाल प्रफिट

२०८३ असोज २०, मंगलबार १७:१२

एनसेलका ग्राहकलाई ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुटको व्यवस्था

काठमाडौं । एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुट पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको सहकार्यअन्तर्गत ग्राहकलाई विभिन्न छुट तथा विशेष सुविधा उपलब्ध गराइएको हो।

सहकार्यअन्तर्गत ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड योजना खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘एक किन्दा एक निःशुल्क’ सुविधा पाउनेछन्। यसअन्तर्गत दुई जनाले एक जनाको मूल्यमा सेवा लिन सक्नेछन्।

त्यस्तै, एक्लै सेवा लिने ग्राहकले स्पा सेवामा २५ प्रतिशत र सौन्दर्य सेवामा २० प्रतिशत छुट पाउनेछन्। यी सुविधा नेपाली नागरिकका लागि मात्र उपलब्ध हुने एनसेलले जनाएको छ।

९९ रुपैयाँदेखि ४९९ रुपैयाँभन्दा कम मूल्यका प्याक वा योजना प्रयोग गर्ने ग्राहकले पनि विशेष छुट पाउनेछन्। युवा तथा अन्य ग्राहकले स्पा सेवामा २० प्रतिशत छुट पाउनेछन् भने पर्यटकले १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

साझेदारीसम्बन्धी सम्झौता हालै आयोजित कार्यक्रममा एनसेलका उत्पादन निर्देशक ललित शारडा र ट्रान्क्विलिटी स्पाका प्रमुख सञ्चालन अधिकृत रनिल फैजुले आदानप्रदान गरेका थिए।

सुविधाको लाभ लिन ग्राहकले एनसेलको मोबाइल अनुप्रयोगमा गएर साझेदार सेवाभित्र ट्रान्क्विलिटी स्पा छनोट गरी आधिकारिक केन्द्रमा सुविधा प्रयोग गर्न सक्नेछन्। मोबाइल अनुप्रयोगमा देखाइने सुविधा ग्राहकले खरिद गरेको प्याक वा योजनाका आधारमा निर्धारण हुने कम्पनीले जनाएको छ। योग्य नभएका ग्राहकले तोकिएको योग्य प्याक वा योजना खरिद गरी सुविधा लिन सक्नेछन्।

सहकार्यबारे एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले ग्राहकका लागि थप मूल्य र सुविधा सिर्जना गर्ने उद्देश्यले सहकार्य गरिएको बताए। स्वास्थ्य, सौन्दर्य तथा आरामसँग सम्बन्धित सेवाहरूलाई एनसेलको साझेदार सञ्जालमा जोडेर ग्राहकका लागि सुविधा थप उपयोगी र पहुँचयोग्य बनाउने लक्ष्य रहेको उनको भनाइ छ।

एनसेलले यस्तो सहकार्य आफ्ना ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले विस्तार भइरहेको साझेदार सञ्जालअन्तर्गतको निरन्तर प्रयास भएको जनाएको छ।