• Menu

सुनचाँदीको मूल्य बढ्यो

नेपाल प्रफिट

२०८३ असोज १६, शुक्रबार ११:१७

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार ५०० र चाँदीको मूल्य २५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल  सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४५० कायम भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो  ।