काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य चार हजार ४१५ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्य चार हजार ४३० कायम थियो ।