• Menu

सेयर बजार ११.९० अंकले घट्यो, कारोबार ४ अर्बमाथि

नेपाल प्रफिट

२०८३ असोज १६, शुक्रबार १५:३९

सेयर बजार ११.९० अंकले घट्यो, कारोबार ४ अर्बमाथि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार आज बजार परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा रोकिएको छ ।

आज बजार ०.४५ प्रतिशतले घटेको हो । कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । कुल ३५६ धितोपत्रको ४३ हजार ६८५ कारोबारबाट १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज म्युचुअल फन्ड र व्यापारबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूह ०.७३ प्रतिशतले घटेको छ ।

शुक्रबार एनएमबी डिबेन्चरको मूल्य सर्वाधिक १४.२९ प्रतिशतले बढेको छ । एसबीएल डिबेन्चरको मूल्य ८.८० प्रतिशतले बढेको छ । त्यस्तै मान्डु हाइड्रोपावर, लक्ष्मी उन्नति कोष र एनआईबीएल ग्रोथ फन्डलगायत धितोपत्रको मूल्य पनि बढेको छ ।

आज सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बैंकको सेयर मूल्य ८.५५ प्रतिशतले घटेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य ४.९५ प्रतिशतले घटेको छ ।

त्यस्तै मुक्तिनाथ कृषि कम्पनी, अपोलो हाइड्रोपावर र सर्वोत्तम पेन्ट्सलगायत धितोपत्रको मूल्य पनि घटेको छ । कारोबार रकमका आधारमा एसबीएल डिबेन्चर अगाडि रहेको छ ।