• Menu

बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

नेपाल प्रफिट

२०८३ भदौ १९, शुक्रबार ११:२१

बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ६० लाख सहयोग गरेको छ ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप ५० लाख र कर्मचारीको तलवबाट कट्टा गरी १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जानकारी दिए ।

कर्पोरेशनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको जनाएको छ । साथै, विपद्को यस घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार कार्यमा ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सहयोग आवश्यक रहेको उल्लेख गरेको छ ।