सुनसरी । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै एथर नेपालले आफ्नो नेटवर्क विस्तार गरेको छ। नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरक वैद्याज इनर्जी प्रालिले धरान-१, छाता चोकमा नयाँ एथर एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो।
भदौ १७ गते आयोजित कार्यक्रममा धरानका कार्यवाहक मेयर ऐन्द्रविक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा एक्सपेरियन्स सेन्टर औपचारिक रूपमा उद्घाटन गरिएको कम्पनीले जनाएको छ। नयाँ सेन्टर सञ्चालनमा आएसँगै नेपालमा एथरका एक्सपेरियन्स सेन्टरको संख्या १३ पुगेको छ।
काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज र बिर्तामोडलगायत प्रमुख सहरमा उपस्थिति विस्तार गरिसकेको एथरले धरानमा नयाँ सेन्टर सञ्चालनमा ल्याएसँगै पूर्वी नेपालका ग्राहकलाई आफ्ना उत्पादन, प्रविधि तथा ‘ओनरसिप एक्सपेरियन्स’ नजिकबाट अनुभव गर्ने अवसर उपलब्ध गराएको जनाएको छ।
२५ भन्दा बढी बुकिङ
धरानमा एक्सपेरियन्स सेन्टरको औपचारिक उद्घाटन हुनुअघि नै २५ भन्दा बढी बुकिङ प्राप्त भइसकेको कम्पनीले जनाएको छ। यसले धरान तथा आसपासका क्षेत्रमा प्रिमियम विद्युतीय स्कुटर र नयाँ पुस्ताको प्रविधिप्रति ग्राहकको चासो बढिरहेको देखाउने कम्पनीको दाबी छ।
उद्घाटनलाई लक्षित गर्दै भदौ २३ गतेसम्म विशेष ‘ओपनिङ स्किम’समेत उपलब्ध गराइएको छ। ग्राहकले आफ्नो आवश्यकताअनुसार एक्सटेन्डेड ब्याट्री वारेन्टी, ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदर वा थप ८ हजार रुपैयाँको भ्यालुएसन बेनिफिटमध्ये कुनै एक सुविधा छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।
४५० सिरिज र रिज्ताको टेस्ट राइड
धरानस्थित सेन्टरमा ग्राहकले एथरको ४५० सिरिज तथा परिवारको दैनिक आवश्यकतालाई केन्द्रमा राखेर तयार गरिएको रिज्ता स्कुटर अवलोकन तथा टेस्ट राइड गर्न सक्नेछन्।
त्यसैगरी, धरानमा एथरको नयाँ ४५०एक्स ओभरटोन सिरिज पनि प्रस्तुत गरिएको छ। कम्पनीका अनुसार नयाँ पुस्ताको ४५० सिरिजमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ र ‘भोइस इन्टरयाक्सन्स’जस्ता फिचर उपलब्ध छन्।
‘म्याजिक ट्विस्ट’ले थ्रोटलमार्फत सहज रूपमा डिलेरेशन गर्न, ‘इन्फिनिट क्रुज’ले लामो दूरीको यात्रामा सहज क्रुजिङ गर्न तथा ‘भोइस इन्टरयाक्सन्स’ले भ्वाइस कमान्डमार्फत स्कुटरसँग अन्तर्क्रिया गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
रिज्तालाई भने आरामदायी, व्यावहारिक तथा पारिवारिक दैनिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीको भनाइ छ।
८ वर्षसम्म ब्याट्री वारेन्टी
वैद्याज इनर्जीले ग्राहकको दीर्घकालीन विश्वासलाई ध्यानमा राख्दै ‘एथर एस्योरेन्स’लाई समेत विस्तार गरिरहेको जनाएको छ।
कम्पनीका अनुसार एथरको ‘एटसेभेन्टी ब्याट्री वारेन्टी’अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ। यसमा ब्याट्रीको स्वास्थ्य ७० प्रतिशत कायम रहने सुनिश्चितता दिइएको कम्पनीले जनाएको छ।
त्यस्तै, नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर विस्तार गरिसकेको र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड निर्माण भइसकेको कम्पनीको दाबी छ। यी चार्जिङ ग्रिडमा उपयुक्त एथर स्कुटरलाई शून्यदेखि ८० प्रतिशतसम्म करिब ४५ मिनेटमा चार्ज गर्न सकिने बताइएको छ।
कम्पनीले एक्सपेरियन्स सेन्टर, सर्भिस नेटवर्क र चार्जिङ पूर्वाधारलाई एकसाथ विस्तार गर्दै नेपालमा विद्युतीय सवारीको समग्र इकोसिस्टम निर्माणमा काम गरिरहेको जनाएको छ।
धरानमा नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा आएसँगै पूर्वी नेपालका ग्राहकले एथरका विभिन्न मोडल प्रत्यक्ष अवलोकन गर्नुका साथै प्रविधिबारे जानकारी लिन र टेस्ट राइड गर्न सक्नेछन्।