• Menu

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, १० प्रतिशत दिने

नेपाल प्रफिट

२०८३ भदौ १७, बुधबार ११:४९

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, १० प्रतिशत दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश सेयरधनीमा वितरण हुनेछ ।