काठमाडौं । सिटिजन्स बैंकले धादिङका दुई गाउँपालिकामा एकसाथ शाखा स्थापना गरेको छ । बैंकले गजुरी र धुनिबेँसी गाउँपालिकामा बुधबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
गजुरी गाउँपालिका वडा नम्बर १ इलाका प्रहरी कार्यालयनजिकै र धुनिबेँसी गाउँपालिका वडा नम्बर ६ धार्के बजारमा शाखा स्थापना गरेको बैंकले जनाएको छ । यससँगै बैंकका शाखा कार्यालयको संख्या १९२ पुगेको छ ।
बैंकका नयाँ शाखाबाट दुई महिनाभित्र खाता खोल्ने ग्राहकले नि:शुल्क मोबाइल बैंकिङ, नि:शुल्क कर्पोरेट इन्टरनेट बैंकिङ र एक वर्ष अवधिका लागि नि:शुल्क डिम्याट खाता सुविधा पाउने छन् ।
बैंकले दुवै शाखामा एटीएम मेसिन पनि सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ शाखाबाट ग्राहकले खाता खोल्ने, रकम जम्मा गर्ने तथा झिक्ने, रेमिट्यान्स प्राप्त गर्ने, चेक राफसाफ, स्टेटमेन्ट प्राप्ति, डिम्याट खाता खोल्ने तथा विदेशी मुद्राको कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।