काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सय र तेजाबी प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँ थियो ।