• Menu

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर : सांसदका प्रश्नको जवाफ दिँदै प्रचण्ड

नेपाल प्रफिट

२०८१ असार ६, ०९:२६

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर : सांसदका प्रश्नको जवाफ दिँदै प्रचण्ड

काठमाडौँ । प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदका जिज्ञासाको जवाफ दिने भएका छन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

आजकै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ ।

विनियोजन विधेयकमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले बुधबारदेखि दिन थालेका हुन् ।