• Menu

तोलामा १६ सय बढेर १ लाख ४२ हजार ८ सय पुग्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ असार २, १२:१६

तोलामा १६ सय बढेर १ लाख ४२ हजार ८ सय पुग्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य आइतबार तोलामा १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ४२ हजार आठ सय रुपैयाँ निर्धारण भएको हो ।

तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ४२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सयमा कारोबार भएको थियो ।