
काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा तीन हजार ६०० र चाँदी ५० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी चार हजार ६६० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal