
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेको छ । बिहीबारको तुलनामा घटेसँगै नेप्से परिसूचक २६४३.८३ अंकमा कायम भएको छ ।
बिहीबार नेप्से परिसूचक ८.८१ अंकले बढेको थियो । शुक्रबार कारोबार भएका कम्पनीमध्ये १ सय १ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६४ कम्पनीको मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
परिसूचक घटे पनि कारोबार रकममा भने सुधार भएको छ । बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
शुक्रबार अधिकांश समूहगत सूचक घटेका छन् । बैंकिङ समूह ०.१४ प्रतिशत, विकास बैंक ०.३३ प्रतिशत, वित्त ०.७३ प्रतिशत, होटल तथा पर्यटन ०.३३ प्रतिशत, जलविद्युत् ०.३४ प्रतिशत, लगानी ०.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३८ प्रतिशत, निर्जीवन बीमा ०.४३ प्रतिशत र व्यापार समूह २.५७ प्रतिशतले घटेका छन् ।
यता जीवन बीमा समूह ०.२७ प्रतिशत, लघुवित्त ०.२८ प्रतिशत, सामूहिक लगानी कोष ०.२४ प्रतिशत र अन्य समूह ०.४४ प्रतिशतले बढेका छन् ।
हालै सूचीकृत माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । रकमका आधारमा धेरै सेयर कारोबार हुने कम्पनीमा खानीखोला हाइड्रोपावर रहेको छ ।
त्यस्तै, कृषि विकास बैंकको ऋणपत्रको कारोबार सबैभन्दा धेरै रकम बराबर भएको नेप्सेले जनाएको छ । लिबर्टी इनर्जी, नाग्दी हाइड्रोपावर तथा एनआरएन इन्भेस्टमेन्ट कम्पनीको पनि उल्लेख्य रकमको सेयर कारोबार भएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal