• Menu

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

नेपाल प्रफिट

२०८३ साउन २९, शुक्रबार १३:३०

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

पत्रकार श्रेष्ठका तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । रिटमा बिनाआधार पक्राउ गरिएको भन्दै उनलाई थुनामुक्त गर्न माग गरिएको छ । बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियो । काठमाडौं जिल्ला अदालतले बिहीबार उनलाई प्रहरी हिरासतमा राख्न तीन दिनको अनुमति दिएको छ ।