• Menu

सुन तोलामा ४ हजार ६ सय र चाँदी ९० रुपैयाँले सस्तियो

नेपाल प्रफिट

२०८३ साउन २९, शुक्रबार ११:५१

सुन तोलामा ४ हजार ६ सय र चाँदी ९० रुपैयाँले सस्तियो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार ६०० र चाँदी तोलामा ९० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख एक हजार ६०० कायम भएको छ । हिजो एक तोला सुन तीन लाख ६ हजार २०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य चार हजार ६६० कायम भएको छ । हिजो एक तोला चाँदी चार हजार सात सय ५० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३२६ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।