काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ५ हजार २ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य एक प्रतितोला तीन लाख ६ हजार ७ सय पुगेको छ । मंगलबार एक तोला सुन तीन लाख एक हजार पाँच सयमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य बुधबार प्रतितोला ७५ ले बढेर चार हजार सात सय ४५ पुगेको छ । मंगलबार चाँदी एक तोला चाँदी चार हजार ६ सय ७० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार चार सय र चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।