
कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा ७७ करोड ५१ लाख २९ हजार राजस्व संकलन गरेको छ ।
उक्त कार्यालयका प्रमुख भुवन जोशीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ तुलनामा त्यो रकम एक करोड ९५ लाख दुई हजार ३६५ ले बढी हो । त्यस कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा राजस्वका विभिन्न शीर्षकबाट ७५ करोड ५६ लाख २७ हजार ३५५ राजस्व संकलन गरेको थियो ।
संकलित राजस्वमध्ये सबैभन्दा बढी सवारीसाधन करबाट ५९ करोड ३७ लाख १४ हजार ३८० र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु एक हजार चार सय संकलन भएको छ ।
त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १६ करोड ५५ लाख ८९ हजार ७४५, यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदुषण, रुट इजाजत)बाट एक करोड ४१ लाख १३ हजार ८३५ र व्यवसाय रजिष्ट्र दस्तुरबाट १६ लाख ७८ हजार २२० रकम संकलन भएको छ । कार्यालयको बिमादाबी प्राप्ति ३२ हजार १४० रहेको जनाइएको छ
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal