• Menu

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुँदैन : संयोजक प्रचण्ड

नेपाल प्रफिट

२०८३ साउन २४, १३:२०

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुँदैन : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताबाट मात्र समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण गर्न सकिने बताएका छन् ।

विश्व आदिवासी दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन नसक्ने बताएका छन् ।

संयोजक दाहालले जनसंघर्षबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउनु आजको आवश्यकता भएको बताएका छन् ।