• Menu

गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त

नेपाल प्रफिट

२०८३ साउन २२, शुक्रबार १३:२१

गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा.डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन् ।

नियुक्तिपछि प्रा.डा. अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नवनियुक्त निर्देशक अमात्यले केन्द्रको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र बिरामीमैत्री बनाउने दिशामा काम गर्ने अपेक्षा गरिएको छ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशको प्रमुख मुटुरोग उपचार तथा विशेषज्ञ सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाका रूपमा परिचित छ।