
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामोसमय पछि स्वदेश फर्किने तयारीमा छन् । हङकङमा उपचाररत देउवा साउन २६ गते नेपाल फर्किने सम्भावना रहेको उनका निकटस्थ नेताहरूले बताएका छन् ।
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गते राति ९:४५ बजे काठमाडौं आइपुग्ने प्रारम्भिक कार्यतालिका तय भएको छ। उनका अनुसार देउवाको स्वास्थ्यमा उल्लेखनीय सुधार भएपछि स्वदेश फर्किने तयारी गरिएको हो ।
यद्यपि, देउवाका स्वकीय सचिव भानु देउवाले भने फर्किने मिति अझै अन्तिम रूपमा टुंगो नलागेको बताएका छन्। उनका अनुसार साउन २६ वा २८ गतेमध्ये कुनै एक दिन नेपाल फर्किने सम्भावना रहे पनि यात्रा तालिका औपचारिक रूपमा निश्चित भइसकेको छैन ।
पूर्वप्रधानमन्त्री देउवा स्वास्थ्य उपचारका लागि १३ फागुनमा सिङ्गापुर गएका थिए। त्यसपछि थप उपचार र स्वास्थ्य परीक्षणका लागि ७ चैतमा हङकङ पुगेका थिए। त्यहाँ चिकित्सकको निगरानीमा उपचार गराइरहेका देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal