• Menu

नेप्से परिसूचक ४ अंकले घट्दा पनि पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, ९७ कम्पनीको मूल्य बढ्यो

नेपाल प्रफिट

२०८१ जेठ २७, १५:३६

नेप्से परिसूचक ४ अंकले घट्दा पनि पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, ९७ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आइतबार ४ अंकले घटेको छ । होटल, जलविद्युत, लगानी, उत्पादन र अन्य समूह बढे पनि बाँकी सबै समूह घटेपछि समग्र बजार परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ अंकमा झरेको छ ।

बजार लगातार तेस्रो दिन घटेको हो । गत साताको मंगलबार ६.२२ अंकले बढेको बजार त्यसपछिका तीन दिन नै दुवै दिन घटेको थियो ।

आज बजार घट्दा पनि ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने पाँच कम्पनीमा सकारात्मक सर्किट लागेको छ । इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल, कुथली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज कारोबार रकम पनि बढेको छ । बिहीबार ४ अर्ब ३५ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब १५ करोडको कारोबार भएको हो ।