
काठमाडौं । यामाहा नेपालका देशभरका डिलर तथा साझेदारहरू ‘ब्लु सर्ज-पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन थाइल्यान्डको पटाया प्रस्थान गरेका छन् । जुलाई २७ देखि ३१ सम्म सञ्चालन हुने उक्त कार्यक्रममा यामाहा नेपालको नेटवर्कलाई थप सुदृढ बनाउने, अनुभव आदानप्रदान गर्ने तथा आगामी रणनीतिबारे छलफल गरिने जनाइएको छ ।
एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवाल पनि यामाहा नेपाल टिम र डिलरहरूसँग कार्यक्रममा सहभागी हुन थाइल्यान्ड पुगेको छ। कम्पनीका अनुसार उनको सहभागिताले यामाहा नेपाल र देशभरका डिलरबीचको साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा यामाहा मोटरका अध्यक्ष हाजिमे आओटाको विशेष सहभागिता रहनेछ । उनले नेपाली साझेदारसँग प्रत्यक्ष संवाद गर्नुका साथै कम्पनीको आगामी रणनीति र विश्वव्यापी योजनाबारे जानकारी गराउने कार्यक्रम रहेको जनाइएको छ।
‘ब्लु सर्ज-पावरिङ अहेड टुगेदर’ नारासहित आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट साझेदारहरूको योगदानको सम्मान, विभिन्न व्यावसायिक सत्र तथा आगामी वर्षका लक्ष्य र योजनामाथि छलफल हुने कम्पनीले जनाएको छ ।
यामाहा नेपालले यस्तो कार्यक्रमले देशभरका साझेदारबीच एकता, सहकार्य र दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। साथै, सहभागीहरू नयाँ ऊर्जा, साझा लक्ष्य र आगामी व्यावसायिक योजनासहित स्वदेश फर्किने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal