• Menu

सवारी नियम उल्लंघन गर्ने १५ सय बढी चालकबाट बैतडीमा झण्डै १३ लाख राजस्व असुल

नेपाल प्रफिट

२०८३ साउन १०, १२:०५

सवारी नियम उल्लंघन गर्ने १५ सय बढी चालकबाट बैतडीमा झण्डै १३ लाख राजस्व असुल

बैतडी । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लंघनकर्ताबाट १२ लाख ९८ हजार राजस्व संकलन गरेको छ । यो रकम गत आर्थिक वर्षमा संकलन गरिएको हो ।

उक्त कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार गत आवमा १७० ट्रक तथा ट्यांकर, १९ बस तथा मिनिबस, ७५४ जिप-कार-भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पोचालकलाई  कारबाही गरिएको हो ।

गत आवमा उक्त जिल्लामा ६२ सवारीसाधन दुर्घटनामा परेका तथा तिनमा ३४ जनाको मृत्यु भएको जानकारी दिँदै उनले १७६ जना घाइते भएका बताए ।