• Menu

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला १ लाख ४४ हजार पुग्यो

नेपाल प्रफिट

२०८१ जेठ २४, ११:५३

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला १ लाख ४४ हजार पुग्यो

काठमाडौँ । सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेर १ लाख ४४ हजार रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो । छापावाल सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँका  दरले किनबेच भएको थियो ।

यस्तै तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँ रहेकोमा आज बिहीबार एक लाख ४३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य आज एक हजार ८५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार ८२५ रुपैयाँ रहेको थियो ।