• Menu

विश्वकप क्रिकेट : प्रत्येक १ डट बल बराबर १० रुख

नेपाल प्रफिट

२०८१ जेठ २२, २१:०२

विश्वकप क्रिकेट : प्रत्येक १ डट बल बराबर १० रुख

काठमाडौं । श्री महाकाली वाइन प्रालिको प्रमुख उत्पादन डिभाइन वाइनले २०८१ जेठ १९ देखि सुरु भइरहेको आइसीसी टी-२० मेन्स क्रिकेट वल्र्डकप २०२४ अन्तर्गत नेपालका गेमहरुमा खसेको प्रत्येक डट बलमा १० वटा रुखहरु रोप्ने निर्णय गरेको छ ।

खेलकुदलाई प्रकृतिसँग जोड्ने उद्देश्यले यो निर्यण गरिएको कम्पनीले जनाएको छ । सुरुवाती चरणमा नेपालले ४ वटा खेल खेल्नेछ । पहिलो खेल नेदरल्यान्ड, दोस्रो श्रीलंका, तेस्रो दक्षिण अफ्रिका र चौथोमा बंगलादेशसँग खेल्नेछन् । यी प्रत्येक खेलमा खसेको डट बलमा हरेक बलबराबर १० वटा बिरुवाहरु रोपिनेछन् ।

सोही निर्णयअन्तर्गत रहेर २०८१ जेठ २२ गते हुने पहिलो खेल नेपाल र नेदरल्यान्डबीचको खेलमा खसेको डट बलहरुको आधारमा आएको संख्याबराबरको रुखहरु धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईलाई प्रदान गरिने जनाइएको छ ।