• Menu

तोलामा १७ सय बढेर १ लाख ४२ हजार ७ सय पुग्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ जेठ २२, १२:२४

तोलामा १७ सय बढेर १ लाख ४२ हजार ७ सय पुग्यो सुनको मूल्य

काठमाडौं । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ । छापावाल सुनको मूल्य सोमबार १ लाख ४१ हजार रुपैयाँ रहेकोमा मंगलबार तोलामा १ हजार ७ सय रुपैयाँ बढेको हो ।

त्यस्तै सोमबार १ लाख ४० हजार ३ सय रुपैयाँ प्रतितोला रहेको तेजाबी सुनको मूल्य आज मंगलबार १७ सय रुपैयाँ बढेर १ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा २५ रुपैयाँ प्रतितोला बढेर १ हजार ८६० रुपैयाँ पुगेको छ ।