काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका-७ चाबहिलस्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट दुवै जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा गाउँपालिका-४ घर भई हाल न्युरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही स्थानका २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।