काठमाडौँ । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १३.५१ अंक बढेर २०८३.०४ को अंकमा उक्लिएको हो ।
आज ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ६५ हजार ६५४ पटक खरिद बिक्री हुँदा चार अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रुपैयाँबराबरको कारोबार भएको छ ।
आजको कारोबारमा लगानी समूह ०.२३, उत्पादन तथा प्रशोधन २.४० र म्युचुअल फन्ड ०.०५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै व्यापार समूहको ६.५६ र वित्त समूहको उपसूचक २.१७ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ १.११, विकास बैंक ०.२२, होटल तथा पर्यटन ०.४६ र जलविद्युत् १.२६ प्रतिशतले बढेको छ । जीवन बीमा समूह ०.७७, लघुवित्त समूह ०.५२ र अन्य समूह ०.९६ प्रतिशतले बढेको छ ।
मल्टिपर्पस फाइनान्स कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएको सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २२ करोड ६४ लाख १३ हजार २८ बराबरको तीन लाख ८२ हजार ३५ कित्ता सेयर किनबेच भएको छ । नेप्से उकालो लाग्दा १७४ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।