• Menu

खोटाङको सावाखोलामा ३ करोडभन्दा बढीको लागतमा पक्की पुल निर्माण

नेपाल प्रफिट

२०८३ असार २१, १३:१७

खोटाङको सावाखोलामा ३ करोडभन्दा बढीको लागतमा पक्की पुल निर्माण

खोटाङ । सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ को लागतमा मोटरकारलगायत सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण भएको छ ।

निर्माणसम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ । संघीय सरकारको समपूरक अनुदानमा निर्मित पुलमा शनिबारदेखि सवारीसाधनलाई सञ्चालनको अनुमति दिइएको हो ।

पक्की पुल निर्माण भएसँगै खोटाङ-पाप्माखाम भञ्ज्याङ सडकमा  बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । यो पुल २०.९० मिटर लामो छ ।

यसैबीच, २०७५ सालमा ट्र्याक खोलिएको ३३ किलोमिटर खोटाङबजार-पाप्माखाम भञ्ज्याङ सडक धमाधम स्तरोन्नति भइरहेको छ । यसनिम्ति कोशी प्रदेश सरकारले दुई करोड विनियोजन गरेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।