• Menu

पर्यटक बढेपछि मालदिभ्सको पर्यटन क्षेत्रले ३ महिनामा कमायो ४४७ मिलियन डलर

नेपाल प्रफिट

२०८३ असार २१, १६:५६

पर्यटक बढेपछि मालदिभ्सको पर्यटन क्षेत्रले ३ महिनामा कमायो ४४७ मिलियन डलर

एजेन्सी । मालदिभ्सको पर्यटन क्षेत्रमा जलक्रिडा व्यावसायको राजस्वमा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो प्रतिवेदन अवधिमा यस क्षेत्रको राजस्व ४७.७ प्रतिशतले बढेको मालदिभ्सको सरकारी सञ्चारमाध्यम ‘पीएसएम न्यूज’ले जनाएको छ ।

मालदिभ्सको आन्तरिक राजस्व प्राधिकरणको तथ्यांक उद्धृत गर्दै पीएसएम न्युजले डिसेम्बर २०२५ देखि फेब्रुअरी २०२६ सम्मको अवधिमा समग्र पर्यटन क्षेत्रले ४४७ मिलियन अमेरिकी डलर बराबरको ‘आउटपुट कर’ संकलन गरेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको ३७१ मिलियन डलरको तुलनामा २०.५ प्रतिशतले बढी हो ।

प्रतिवेदनअनुसार जलक्रिडा व्यावसायको राजस्व अघिल्लो वर्षको २१.६८ मिलियन डलरबाट बढेर ३२.०३ मिलियन डलर पुगेको छ, जसले यो क्षेत्रलाई पर्यटन उद्योगको सबैभन्दा तीव्र गतिमा बढिरहेको उपक्षेत्र बनाएको छ ।

यसैगरी, वाटर स्पोट्र्स सेन्टरको राजस्व ४९.२० प्रतिशतले वृद्धि भई ८.२ मिलियन डलरबाट १२.३७ मिलियन डलर पुगेको छ । होमस्टे तथा गेस्टहाउसले पनि ६०.८ प्रतिशतको वृद्धि दर्ता गरेका छन्, यद्यपि समग्र पर्यटन बजारमा तिनको योगदान तुलनात्मक रूपमा सानो रहेको प्रतिवेदनमा उल्लेख छ । पर्यटन राजस्वको सबैभन्दा ठूलो हिस्सा ओगट्ने रिसोर्टको आयमा भने २१ प्रतिशतले वृद्धि भएको छ ।

पीएसएम न्युजका अनुसार उक्त अवधिमा मालदिभ्समा आउने पर्यटकको कुल संख्यामा ११.६ प्रतिशतले वृद्धि भएको छ, जसले पर्यटन क्षेत्रको समग्र वृद्धिमा योगदान पुर्‍याएको छ ।