
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.७८ अंकले उकालो लागेर २६६१.७१ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अंकले उकालो लागेर ४६२.४७ मा पुगेको छ । फ्लोट सूचक ०.९९ अंकले बढेर १८२.६१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने १.३९ अंकले बढेर १५६.६८ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता सेयर चार अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर बढ्यो भने अन्य आठ उपसमूहको सेयर मूल्य घटेको छ ।
नेप्सेका अनुसार अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी, खलगा हाइड्रोपावर कम्पनी, स्नोरिभर लिमिटेड र सानीगाढ हाइड्रोपावर कम्पनीले कमाएका छन भने एनआइसी एसिया डिबेञ्चर, भुजुङ हाइड्रोपावर, सामुदायिक लघुवित्त संस्था लिमिटेड, सिवाइसी लघुवित्त संस्थालगायत कम्पनीको सेयर मूल्य घटेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal