• Menu

अर्थमन्त्री पुनले ल्याए १८ खर्ब ६० अर्बको बजेट, राजस्वको लक्ष्य १२ खर्ब ६० अर्ब

नेपाल प्रफिट

२०८१ जेठ १५, १६:५४

अर्थमन्त्री पुनले ल्याए १८ खर्ब ६० अर्बको बजेट, राजस्वको लक्ष्य १२ खर्ब ६० अर्ब

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब रुपैयाँबराबरको बजेट सार्वजनिक गरेका छन् ।

मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट दुवै सदनको संयुक्त बैठकमा मंगलबार सार्वजनिक गरेका हुन् ।

जसमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगत ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन गरिएको छ । बजेटको आकार गत वर्षको भन्दा ६.२ प्रतिशत तथा स‌ंशोधित अनुमानको तुलनामा २१.५ प्रतिशतले बढी हो ।

बजेटमा राजस्व लक्ष्य १२ खर्ब ६० अर्ब ३० करोड तोकिएको छ । बजेटमा आन्तरिक ऋण ३ खर्ब ३० अर्ब, वैदेशिक ऋण २ खर्ब ९७ अर्ब ६७ करोड र वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड हुनेछ ।