काठमाडौँ । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ ।
अर्थमन्त्री वर्षमान पुनद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १६७ जनामा गरिएको परीक्षणमा १ हजार ५३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ ।
यो चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा हो । सो अवधिमा ३५ हजार ४३ एचआईभी संक्रमितलाई एन्टी रेट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको छ ।
गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटी सिटी) कार्यक्रममा आबद्ध ६१ गर्भवतीसहित २३ हजार ७६० संक्रमितलाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो ।