• Menu

नेप्से ११३ अंक बढेपछि २२ अंकको करेक्सन

नेपाल प्रफिट

२०८१ जेठ १३, २०:३५

नेप्से ११३ अंक बढेपछि २२ अंकको करेक्सन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार २२ अंकको करेक्सन आएको छ । अघिल्ला पाँच दिनमा लगातार ११३.५२ अंक बढेर २०१७.९७ अंकबाट २१३१.४९ अंकमा पुगेको नेप्से आइतबार २२.१४ अंकले घटेको हो ।

होटल र म्युचुअल फन्डबाहेकका सबै समूह घटेपछि बजार नकारात्मक बनेको हो । होटल समूह भने ३.३७ अंकले बढेको छ ।

बजार घट्दा पनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज चार अर्ब ४४ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा बजार घटेको आकलन गरिएको छ ।