• Menu

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गर्दै अर्थमन्त्री

नेपाल प्रफिट

२०८१ जेठ १३, १४:४३

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गर्दै अर्थमन्त्री

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । नेपालको संविधानअनुसार आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गर्ने भएका हुन् ।

प्रतिनिधिसभाको आज आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री पुनले प्रस्तुत गर्ने जानकारी दिए ।

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२:४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरेका छन् ।