• Menu
s

फिलिपिन्समा भूकम्पको वितण्डा : ४५ जनाको मृत्यु, डेढ लाख मानिस प्रभावित

नेपाल प्रफिट

२०८३ जेठ २७, बुधबार ११:२०

फिलिपिन्समा भूकम्पको वितण्डा : ४५ जनाको मृत्यु, डेढ लाख मानिस प्रभावित

एजेन्सी । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण ४५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार जनाएको छ ।  एनडीआरआरएमसीका अनुसार अझै  १७ जना बेपत्ता रहेका छन् भने ४८७ घाइते भएका छन् ।

एनडिआरआरएमसीले भूकम्पका कारण ३३ हजार भन्दा बढी घरपरिवारका लगभग  एक लाख ५० हजार मानिसहरूलाई असर गरेको  बताएको छ । भूकम्पले अस्पताल, विद्यालय र पुलहरू लगायतका २३८ वटा पूर्वाधार सुविधाहरू क्षतिग्रस्त भएको एनडीआरआरएमसीले जनाएको छ ।

मिन्डानाओको अधिकांश भाग र मध्य फिलिपिन्सका केही भागहरूमा कम्पन महसुस गरिएको र मुख्य झट्का पछि १७०० भन्दा बढी  पराकम्पहरु रेकर्ड गरिएको जनाएएको छ  भने प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्य अझै जारी रहेको जनाइएको छ ।

भूकम्पले हताहत, विस्थापन, र पूर्वाधारको क्षतिको सन्दर्भमा सबै भन्दा बढी प्रभावित क्षेत्रहरू सारङ्गनी र दक्षिण कोटाबातो प्रान्तहरू हुन्, जसमा लगभग सात लाख जनसंख्या रहेको, एनडीआरआरएमसीले जनाएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिसमोलोजीका अनुसार स्थानीय समय अनुसार विहान ७:३७ मा ३३ किलोमिटर गहिराइमा भूकम्प गएको थियो जसको केन्द्र-बिन्दु मिन्दानाओ टापुको सारङ्गनी प्रान्तको मासिम सहरको तटबाट ३२ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो ।