• Menu
s

खेतभरि धान तर लागत उठ्ने आशै छैन, चितवनमा राज्यले तोकेको मूल्य पाउनै मुस्किल

नेपाल प्रफिट

२०८३ जेठ २७, बुधबार ११:१४

खेतभरि धान तर लागत उठ्ने आशै छैन, चितवनमा राज्यले तोकेको मूल्य पाउनै मुस्किल

चितवन । किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन् ।

साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताए ।

पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि का अधिकांश किसानले समर्थन मूल्य नपाएका हुन् ।

समर्थन मूल्यसमेत नपाएपछि भने किसान दुःखी भएका छन् । भरतपुर महानगरपालिका-२८, राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले किसानले समर्थन मूल्य नपाउँदा किसान निरासा भएको बताउँछन् ।

जिल्लामा चैते ५, हर्दिनाथ १, पिआर, टाइचिन जातका चैते धान खेती गरिएको थियो । भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेल समर्थन मूल्य नपाउँदा किसानलाई मर्का परेको बताउँछन् ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले चैते धानको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गरेको बताउँछन् । यस वर्ष  चितवनमा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ ।

सम्बन्धित समाचार