
काठमाडौं । देशभर आज बुधबार मध्यम वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति पनि देशका विभिन्न भागमा मध्यम वर्षा हुन सक्नेछ ।
दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मधेस प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा बढी गर्मी हुने पनि जनाइएको छ ।
राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले उल्लेख गरेको छ । मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेशलगायत सबै प्रदेशका हिमाली भू-भाग साथै सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा राति पनि चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal