• Menu
s

रेमिट्यान्स आप्रवाहमा ४१ प्रतिशत वृद्धि, वैशाखमा मात्रै भित्रियो अढाई खर्ब

नेपाल प्रफिट

२०८३ जेठ २६, २१:०१

रेमिट्यान्स आप्रवाहमा ४१ प्रतिशत वृद्धि, वैशाखमा मात्रै भित्रियो अढाई खर्ब

काठमाडौं । रेमिट्यान्स आप्रवाह ४१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि १० महिनामा गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको सोही अवधिमा अघिल्लो वर्षभन्दा रेमिट्यान्स आप्रवाह १३.३ प्रतिशतले बढेको थियो । २०८३ वैशाखमा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रेमिट्यान्स भित्रिएको छ । गत वर्ष वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स आएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । गत वर्ष १०.६ प्रतिशतले बढेको थियो । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा १४ खर्ब ८० अर्ब २८ करोड थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि पहिलो पटक बाहिरिने युवाको संख्या भने घटेको छ । यो वधिमा अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३६४ रहेको छ ।

गत वर्षको १० महिनाको अवधिमा ४ लाख ५ हजार ६१० जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ थियो ।

सम्बन्धित समाचार