• Menu
s

भिभो खरिदमा आकर्षक उपहार

नेपाल प्रफिट

२०८३ जेठ २७, बुधबार ०५:४४

भिभो खरिदमा आकर्षक उपहार

काठमाडौं । बढ्दो गर्मी र आउँदो फुटबल विश्वकपको रौनकलाई अझ रोमाञ्चक बनाउँदै नेपालको अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले समर सरप्राइज क्याम्पेन सार्वजनिक गरेको छ ।

जेठ २५ देखि असार २३ सम्म सञ्चालन हुने यस क्याम्पेनले ग्राहकलाई तत्कालै आकर्षक उपहार जित्ने अवसरका साथै मेगा लक्की ड्र मार्फत विशेष पुरस्कार जित्ने अवसर पाउनेछन् ।

अभियान अवधिभर नेपालभरका अधिकृत रिटेल आउटलेटबाट भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक उपहार प्राप्त गर्नुका साथै स्वतः मेगा लक्की ड्रमा सहभागी हुने अवसर पाउनेछन् ।

ग्रान्ड प्राइजहरूमा भिभो वाई ३१ डि, भिभो भि७० एफ ई र ५५ इन्चको स्मार्ट टिभी समावेश छन्, जसले आगामी फुटबल विश्वकप हेर्ने ग्राहकको अनुभवलाई अझ रोमाञ्चक बनाउन सक्ने भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले बताए ।