• Menu
s

हुन्डाई नेपालको वर्ल्डकप टु वर्ल्डकप अफर

नेपाल प्रफिट

२०८३ जेठ २७, बुधबार ०५:३७

हुन्डाई नेपालको वर्ल्डकप टु वर्ल्डकप अफर

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै वर्ल्डकप टु वर्ल्डकप अफर सार्वजनिक गरेको छ । फिफा विश्वकपको आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता, जोश र प्रगतिका माध्यमबाट मानिसलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै आएको छ ।

यसै भावनालाई नेपालमा पनि विस्तार गर्दै यो अभियानले ग्राहकलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने गरी डिजाइन गरिएका विशेष अफरहरु प्रदान गरेको छ ।

योजनाअन्तर्गत ग्राहकले ४ वर्षको वारेन्टी, निश्चित मोडलहरूमा ४ लाखसम्मको आकर्षक नगद छुटका साथै ४४ हजार ४४४ रुपैयाँसम्मको विशेष वर्ल्डकप बोनस प्राप्त गर्न सक्नेछन् । साथै, एक वर्षको विस्तृत बिमा र सहज स्पट एक्सचेन्ज तथा मूल्यांकनको सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।