• Menu
s

सिटिजन्स बैंक र र्‍यापिडबीच सहकार्य

नेपाल प्रफिट

२०८३ जेठ १९, २१:४४

सिटिजन्स बैंक र र्‍यापिडबीच सहकार्य

काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न र भविष्यमा फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । यसका लागि एपीआई बैंकिङ प्लेटफर्म र्‍यापिड र सिटिजन्स बैंकबीच सहकार्य भएको हो ।

सहकार्यसँगै सिटिजन्स बैंकको प्रणालीमा र्‍यापिड एकीकृत गरिएको छ । र्‍यापिड एक एपीआई आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज ए सर्भिस मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्छ ।

अब बैंकका ग्राहकले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत एउटै प्लेटफर्म प्रयोग गरेर विभिन्न बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन् । यस सहकार्यले सिटिजन्स बैंकका कर्पोरेट ग्राहकको सेवा प्रवाहमा ठूलो रूपान्तरण ल्याउनुका साथै वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र सञ्चालनसम्बन्धी झन्झट उल्लेखनीय रूपमा घट्ने विश्वास बैंकले लिएको छ ।