• Menu
s

विद्युतीय सवारी प्रवर्धनका लागि काठमाडौंमा ‘नाडा ग्रीन ड्राइभ’, ९२ जना चालक सम्मानित

नेपाल प्रफिट

२०८३ जेठ २२, शुक्रबार १६:१३

विद्युतीय सवारी प्रवर्धनका लागि काठमाडौंमा ‘नाडा ग्रीन ड्राइभ’, ९२ जना चालक सम्मानित

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो इतिहासमै पहिलो पटक ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍याली आयोजना गरी सम्पन्न गरेको छ।

वातावरणमैत्री यातायात प्रवर्द्धन तथा विद्युतीय सवारीसाधनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको र्‍यालीमा विभिन्न ब्रान्डका विद्युतीय सवारीसाधनहरूको सहभागिता रहेको थियो।

नाडा सचिवालय, टेकुबाट सुरु भएको र्‍याली त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली, कुपण्डोल हुँदै पुल्चोकस्थित द प्लाजामा पुगेर समापन गरिएको थियो।

र्‍यालीमा सहभागी ९२ जना चालक तथा प्रतिनिधिहरूलाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, पूर्वअध्यक्षद्वय शम्भुप्रसाद दाहालकृष्णप्रसाद दुलाल ले प्रमाणपत्र वितरण गरेका थिए।

प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्ल ले सञ्चालन गरेका थिए भने र्‍यालीको समग्र व्यवस्थापन नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका सभापति महेश पाल ले गरेका थिए।

नाडाले ‘नाडा ग्रीन ड्राइभ २०२६’ कार्यक्रममार्फत स्वच्छ ऊर्जा, वातावरण संरक्षण तथा दिगो यातायात प्रणालीको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहभागी संस्था, सवारी ब्रान्ड तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गरेको छ।

सम्बन्धित समाचार