काठमाडौं । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्पबाट क्षतिग्रस्त भएको रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिका–१ मा रहेको श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको भवनमा शौचालयसहितका आवश्यक पूर्वाधारसमेत समावेश गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले गुणस्तरीय शिक्षा र सुरक्षित शैक्षिक वातावरण निर्माणमा बैंक प्रतिबद्ध रहेको बताए । नवनिर्मित भवनले विद्यार्थीलाई सुरक्षित तथा सहज वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय शैक्षिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
बैंकले आगामी दिनमा पनि सामाजिक विकास र दिगो विकासका लक्ष्यलाई प्राथमिकतामा राख्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ ।