• Menu
s

टेलि टकले सानेपामा ल्यायो पोक्कोको नयाँ आधिकारिक सर्भिस सेन्टर

नेपाल प्रफिट

२०८३ जेठ १३, बुधबार १७:३७

टेलि टकले सानेपामा ल्यायो पोक्कोको नयाँ आधिकारिक सर्भिस सेन्टर

काठमाडौं । टेलि टक प्रा. लि., रमेश कर्प अन्तर्गतको कम्पनीले सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोक्को सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । उक्त सर्भिस सेन्टरमार्फत पोक्को ब्रान्डका स्मार्टफोन तथा सम्बन्धित उपकरणहरूको आधिकारिक बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सानेपाको सहज पहुँचयुक्त स्थानमा स्थापना गरिएको यस आधुनिक सर्भिस सेन्टरले ग्राहकलाई द्रुत, भरपर्दो र ग्राहकमैत्री सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । केन्द्रमा दक्ष प्राविधिक टोली, आधुनिक डाइग्नोस्टिक सुविधा तथा गुणस्तरीय स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ, जसले सेवा अनुभवलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

नेपालमा स्मार्टफोन तथा प्रविधि उपकरणहरूको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा गुणस्तरीय बिक्रीपछिको सेवाको आवश्यकता पनि बढ्दो क्रममा रहेको कम्पनीले जनाएको छ । यही आवश्यकतालाई ध्यानमा राख्दै टेलि टक प्रा. लि. ले पोक्को प्रयोगकर्ताका लागि सहज र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यसहित यो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

ग्राहकहरूले यहाँ डिभाइस जाँच, सफ्टवेयर सहयोग, वारेन्टी सेवा, मर्मत, नियमित मर्मतसम्भार तथा प्राविधिक परामर्शजस्ता सेवा प्राप्त गर्न सक्नेछन् ।