• Menu

इलाम-२ मा नेकपा एमालेका नेम्वाङ विजयी

नेपाल प्रफिट

२०८१ वैशाख १८, ०९:५२

इलाम-२ मा नेकपा एमालेका नेम्वाङ विजयी

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । एमाले उम्मेदवार नेम्वाङलाई माओवादी केन्द्र र नेपाल परिवार दलको समर्थन थियो ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार ४५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् । मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले ८१६ मत पाए ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए ।  यो निर्वाचनमा राजनीतिक दलका १२ र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।