• Menu

अदालतको अवहेलनामा सिधाकुरा डट कमलाई कारबाही गर्न सर्वोच्च अदालत प्रशासनको माग

नेपाल प्रफिट

२०८१ वैशाख १६, १९:५६

अदालतको अवहेलनामा सिधाकुरा डट कमलाई कारबाही गर्न सर्वोच्च अदालत प्रशासनको माग

काठमाडौँ । सिधाकुरा डट कम अनलाइन न्युज पोर्टलका प्रकाशक र कार्यकारी सम्पादकलाई अदालतको अवहेलानामा कारबाही गर्न माग गरिएको छ ।

सिधाकुराले प्रकाशित गरेको सिधाकुरा ‘द डार्क फायल’ खुलासाले अदालतको अवहेलना गरेको र न्याय सम्पादनमा असर गरेको आरोप लगाउँदै सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन पेस गरेको हो ।

सिधाकुराबाट प्रकाशित सामग्रीले अदालतको मानहानी गरेको, न्याय सम्पादनमा अवरोध गराएको जस्ता आरोप लगाउँदै सर्वोच्च अदालतका उप–रजिष्ट्रार एवं सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले सर्वोच्च अदालतमा प्रतिवेदन पेस गरेका छन् ।

सिधाकुराका सञ्चालक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगानालगायत समाचार उत्पादन, निर्माण र प्रकाशनको कार्यमा संलग्न सबैविरुद्ध अदालतको अवहेलनामा प्रतिवेदन पेस गरिएको छ ।

प्रतिवेदनमा युट्युबलगायतका सामाजिक सञ्जालबाट समाचार सामग्री तत्काल हटाउन माग गरिएको छ ।